साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

आफ्नै बाउको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ 

इलाम । आफ्नै बाउको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ परेका छन् ।  गत ज्येष्ठ १६ गते इलाम जिल्ला माई नपा १० ढोडेनी बस्ने बर्ष ६६ को दिल बहादुर राईलाई आफ्नै ३५ वर्षीय छोरा राम बहादुर राईले चिर्पटले हिर्काएर बेहोस पारेका थिए ।

घाइते राईलाई स्थानीयबासीको सहयोगमा झापा विर्तामोड अस्पताल पुर्याउदा अस्पतालमा डाक्टरले मृत घोषणा गरेको थियो । बुवाको हत्या गरी फरार रहेका राम बहादुरलाई प्रहरीले स्थानीयबासीको सहयोगमा गत ज्येष्ठ १८ गते माई नपा १० को ढोडेनी जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ६ : ५२ बजे