सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रचण्डको ब्रिफिङ : माधव बूढानीलकण्ठ जानु सामान्य, सत्ता समीकारण पाँच बर्ष नै टिक्ने दावी

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा सत्ता समीकरणमा कुनै समस्या नरहेको ब्रिफिङ गर्नु भएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकार सहज ढंगले अघि बढिरहेको भन्दै वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेको बताउनु भएको हो ।

बैठकमा उहाँले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बूढानीलकण्ठ गएर कांग्रेस सभापति शेरबहादुर देउवासहित विपक्षी दलका नेताहरुसँग भेट गरेको विषयलाई स्वभाविक रुपमा लिन आग्रह गर्नु भएको थियो ।

साथै बैठकमा प्रचण्डले नेपाल बूढानीलकण्ठ जानु अघि आफुलाई जानकारी गराको बताउँदै सत्ता समीकारण पाँच बर्ष नै टिक्ने दावी गर्नुभयो ।

बुधबार साँझ अध्यक्ष नेपालले कांग्रेस सभापति देउवासहित जसपा नेपाल र लोसपाका नेताहरुलाई भेट गर्दै मधेशमा सरकार बनाउने विषयमा छलफल गरेपछि सत्ता समीकरण तरंगित बनेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ४ : ०६ बजे