दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सुख्खा पहिरो खसेसँगै केही घण्टादेखि थुनियो तामाकोशी 

दोलखा । सुख्खा पहिरोले तामाकोशी नदी केही घण्टा थुनिएको छ । केही घण्टा थुनिएको तामाकोशीमा अहिले आफैं पानी बग्न थालेकाले ठूलो जोखिम नरहेको स्थानीय प्रशासनले जनाएको छ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार लामाबगरभन्दा केही माथि देउराली नजिकै सुख्खा पहिरो खसेको थियो । नासा हाइड्रोले बाटो खनेको स्थानबाट सुख्खा पहिरो खस्दा बिहान १०-११ बजेतिर नदी थुनिएको थियो ।

तर अहिले पानी बग्न थालेको छ । हिउँदमा नदीमा पानी धेरै नभएकाले ३–४ घण्टा थुनिएको पानीले जोखिम नरहेको प्रजिअ पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ३ : ०३ बजे