दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मधेस सरकार गठन गर्न दाहाल, ओली र नेपालबीच छलफल हुँदै 

काठमाडौँ। मधेस प्रदेशमा सरकार निर्माणका लागि जनमत पार्टीलाई मुख्यमन्त्री दिने सहमति भएको छ। यो सहमति लगतै  एमाले   जनमत र माओवादी पार्टीबिच छलफल तीव्र भएको छ। 

यस क्रममा शुक्रवार दिउसो मधेस सरकार गठनका बिषयामा प्रधानमन्त्री पुस्पकमल दाहाल , एमाले अध्यक्ष केपी  शर्मा ओली र एसका अध्यक्ष माधव नेपालबीच छलफल हुने भएको छ।  सरकार सञ्चालनमा आफू हेपिएको भन्दै गुनासो पख्दै आएको एसले भने केन्द्रको समीकरणलाई ध्यानमा राख्दै मधेशमा जनमत नेतृत्वको गठबन्धनलाई समर्थन गर्ने स्रोतले बतायो।   

मधेसका मुख्यमन्त्री  सरोजकुमार यादवले शुक्रवारै मन्त्रिमण्डल विस्तार गर्ने र त्यसमा काँग्रेसलाई सहभागी बनाउने प्रयास गर्नुभएको थियो । तर प्रदेश प्रमुख मधेशमा बाहिर भएकोले यो प्रयास असफल भएको छ। त्यसैले सरकार विस्तार गरेर जसपा नेतृत्वको सरकार टिकाउने प्रयास समेत विफल भएको एक नेताले बताए। 

प्रधानमन्त्री पुस्पकमल दाहाल र जनमतका अध्यक्ष सिके राउतले मधेस सरकार गठनका विषयमा आज साँझ लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग वार्ता गर्ने बताइएको छ। 

स्रोतका अनुसार शनिवार बिहान सम्म  बहुमत सांसदको हस्ताक्षर जुटाएर अपराह्न जनमतको नेतृत्वमा सरकार गठनको दाबी गर्ने स्रोतले बतायो। 

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  २ : ५६ बजे