‘एउटै नाउरको सिकार गर्न २३ लाख’

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प ३४ आरोपमा दोषी ठहर

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई सबै ३४ आरोपमा दोषी ठहर गरिएको छ ।

उहाँ २०१६ मा ह्वाइट हाउस आउनुअघि पूर्वपोर्न स्टार स्टर्मी डेनियलसँगको आफ्नो यौन सम्बन्ध लुकाउनको लागि व्यापार रेकर्ड झूटा गरेको आरोप छ ।

ट्रम्प दोषी घोषित हुने पहिलो अमेरिकी राष्ट्रपति बन्नुभएको छ । यद्यपि ट्रम्पले आफूविरुद्ध दर्ता भएको मुद्दालाई अपमानजनक र धोखाधडी भएको बताउनुभएको छ ।

ट्रम्प आफ्नो छोरा एरिकको हात समातेर अदालतबाट बाहिर निस्किने क्रममा न्यायाधीशलाई विवादास्पद भन्नुभएको थियो । उहाँले यो लाजमर्दो कुरा भएको बताउँदै यो मुद्दा एक विवादास्पद न्यायाधीशद्वारा सञ्चालित एक धाँधली परीक्षण भएको टिप्पणी गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘यतिबेला देशैभर धाँधली भइरहेको छ । बाइडेन प्रशासनले राजनीतिक प्रतिद्वन्द्वीलाई चोट पुर्‍याउन यो सबै गरेको हो । मामिला टुंग्याउन धेरै समय छ । हामी हाम्रो संविधानको लागि लड्नेछौँ । हाम्रो देश पहिलेको जस्तो रहेन, हामी विभाजित अवस्थामा छौँ ।’

अर्कोतर्फ, ट्रम्पलाई दोषी ठहर गरेपछि बाइडेनका चुनावी अभियानका प्रवक्ताले कानुनभन्दा माथि कोही नभएको बताउनुभएको छ ।

अब आगामी जुलाई ११ मा ट्रम्पका यी अपराधका लागि सजायको सुनुवाई हुने भएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ८ : २७ बजे