दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सत्तासमीकरण मिसन–०८४ सम्म कायम : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तासमीकरण मिसन–०८४ सम्म कायम राख्ने बताउनु भएको छ ।

नेकपा (एमाले)ले आयोजना गरेको राष्ट्रिय महिला भेलाको समापन गर्दै पोखरेले अहिलेको सत्ता समीकरण मिसन–८४ सम्म कायम राख्ने बताउनु भएको हो ।

 “जे कारणले हामीलाई घेराबन्दी गर्ने काम भयो । जनताले हामीलाई रोज्दारोज्दै जनताबाट हामीलाई विमुख पार्ने काम भयो । मिसन–८४ मा त्यस्लाई अन्त्य गर्न चाहन्छौँ । त्यसैकारण यो समीकरणलाई मिसन–८४ सम्म लिएर जान चाहन्छौँ ।”

उहाँले एमालेलाई भविष्यको निर्णायक शक्तिको रुपमा स्थापित गर्ने र कसैको साहारा अनि वैशाखी विना बहुमतको सरकार निर्माण गर्ने  भनाई राख्नुभयो । 

उहाँले मिसन–८४ का लागि पार्टीलाई बलियो बनाउनुपर्ने भन्दै एमालेलाई भविष्यको निर्णायक शक्तिको रुपमा स्थापित गर्ने बताउनुभयो । 

महासचिव पोखरेलले पार्टीमा महिला सदस्य संख्या कम भएकोले बढाउनुपर्ने बताउनुभयो । 
“अहिले पार्टीमा महिलाको सदस्यता २० प्रतिशतमात्र रहेको छ । अब यस महिला भेलाले त्यो पार्टी सदस्य संख्या बढाउने अठोट लिनुपर्दछ” उहाँले भन्नुभयो । 

कार्यक्रममा जनसंगठन संमन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले महिला आन्दोलनको शसक्तिकरणको पक्षमा महिलाहरुसँगै रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

आज १२ वटा समूहमा कार्यक्रमको उद्देश्यमा आधारित रहेर महत्वपूर्ण विषयमा समूह छलफल भएको थियो ।

भेलामा पार्टीका केन्द्रीय सदस्यहरु, पार्टीका २३ वटै जनसङ्ंगठनका महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरू, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारीहरू, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिलाहरू प्रतिनिधि गरि करिब पाँच हजार जनाको सहभागीता रहेको थियो । 

एमालेले २०६३ साल जेठ १६ गते आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसदको सङ्कल्प प्रस्तावको रूपमा पास गरेको स्मरणमा भेलाको आयोजना गरेको हो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ८ : ४५ बजे