साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अत्यधिक गर्मी भएपछि भैरहवाका सबै विद्यालय बन्द 

भैरहवा । भैरहवामा अत्यधिक गर्मी भएपछि सिद्धार्थनगरपालिकाले सामुदायिक, संस्थागत र धार्मिक सबै विद्यालयहरूलाई गर्मी बिदा दिएको छ । 

प्रतिकुल मौसमका कारण अत्यन्तै गर्मी बढेको कारणले विद्यार्थी र जनजीवनमा समेत नकारात्मक असर गरी बिरामी हुने समस्यालाई मध्यनजर गरी जेठ १८ गते शुक्रवार देखि जेठ २५ गतेसम्मका लागि सबै विद्यालयहरूमा गर्मी बिदा दिइएको सिद्धार्थनगरपालिकाले जनाएको छ । 

विद्यालयहरुलाई प्रचलित शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ संशोधन सहित व्यवस्था भए अनुसार वर्षे/गर्मी बिदा वा हिउँदे बिदाबाट कट्टी हुने गरी बिदा गरिएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तीयाक अहमद खाँले जानकारी दिनुभयो । 

साथै यस सूचनाले सञ्चालन भइरहेको कक्षा ११ को परीक्षा र अन्य राष्ट्रिय स्तरका परीक्षाहरू सञ्चालन गर्न कुनै बाधा नहुने सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख खाँले बताउनुभयो ।  

 

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ५ : ३२ बजे