दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

पौडी खेल्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका बालकको शव फेला

कालिकोट । कालिकोटको तिल नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका बालकको शव सशस्त्र प्रहरीको गोताखोरले जेठ १७ गते बिहान करिब पौने १० बजे फेला पारेको छ ।

कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–७ घर भई सोही नगरपालिका–६ गाल्जे भन्ने स्थान बस्ने अन्दाजी १६ वर्षीय हिक्मत बम नदीमा पौडी खेल्ने क्रममा यही जेठ १५ गते डुबेर बेपत्ता भएका थिए । 

बेपत्ता बालकको शव खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत र आश्रित गुल्म कालिकोटबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनको शव घटनास्थल नजिकै फेला पारेको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ५ : ०८ बजे