साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

अवैध मुद्रासहित लेबनानका नागरिक पक्राउ

काठमाडौं । अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विभिन्न देशका मुद्रासहित लेबनानका नागरिक ४९ वर्षीय राबिह अवि चकरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

एयर ईण्डियाको उडानद्वारा दिल्ली हुँदै दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको चेकिङ एरियामा जाँच गर्ने क्रममा व्यागबाट ४ लाख ८० हजार नेपाली रूपैयाँ, १७ हजार ५ सय २० अमेरिकी डलर, २ हजार ८० युएई दिराम र २६ लाख १० हजार लिबान लिभरे फेला पारी पक्राउ गरेको हो । 

उनलाई उक्त मुद्राहरूसहित आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइने छ । 

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  २ : २२ बजे