काठमाडौं । किर्ते नागिरकता प्रकरणमा मुछिएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता जारी गर्ने धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र शाखा अधिकृत काशिराज दाहालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले भट्टराई र दाहालमाथि छानबिन गर्नुपर्ने भन्दै धनुषा अदालतबाट बिहीबार पक्राउ पुर्जी लिएको हो ।
पक्राउ पुर्जी जारी भएसँगै उनीहरूलाई नियन्त्रणमा लिने प्रहरीको तयारी छ ।
उक्त प्रकरणमा पक्राउ परी हिरासतमापुगेका सिरोहिया भने ९ दिन पछि हिजो रिहा भएका छन् । सिरोहिया आफु विरामी परेको भन्दै हेलिकप्टर चढी काठमाडौंमा उपचारार्थ थिए ।
प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार ११ : ३४ बजे
प्रतिक्रिया