दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

माधवको बुढानीलकण्ठ यात्रा व्यक्तिगत : नेता खनाल 

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री  झलनाथ खनालले बुढानीलकण्ठ पुगेर नेकपा एमालेका अध्यक्ष माधवकुमार नेपालले विपक्षी दलहरूलाई भेट्नु उहाँको व्यक्तिगत विषय रहेको बताउनुभएको छ । उहाँले पार्टीको संस्थागत धारणा भनेको वर्तमान गठबन्धन कायम गरेर जाने नै भएको बताउनुभयो । आज बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । ‘पार्टीको संस्थागत धारण भनेको यो गठबन्धन कायम गरेर जाने नै हो । माधवजीले बुढानीलकण्ठ जानु उहाँको व्यक्तिगत विषय हो ।’ झलनाथले प्रधानमन्त्री दाहाललाई भन्नुभएको उहाँको सचिवालय स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री पुष्पकमल  दाहाल  र  नेता खनालबीच बालुवाटारमा  आज बिहना भेटवार्ता भएको थियाे । बिहीबार बिहान  ९ बजेबाट करिब ४५ मिनेट उहाँहरू बीच छलफल भएको हो ।

भेटघाटमा अहिलेको समसामयिक राजनीति विषयमा र संघीय सरकार र प्रदेश सरकारहरूमा पनि बाम एकताका सरकारलाई  सुदृढ बनाउँदै लग्ने विषयमा छलफल भएको खनालको सचिवालयले जानकारी दिएको छ ।

हिजो मात्रै नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विपक्षी दलहरूको बैठकमा सहभागी भएका थिए । माधव नेपाल सत्ता गठबन्धनको विरुद्धमा मोर्चा बन्दीमा लागिरहेका बेला सम्मानित नेता झलनाथ खनालले भने प्रधानमन्त्रीलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ११ : २८ बजे