दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

हाजिरी जमानतमा छुटे कैलाश सिरोहिया

काठमाडौं । नागरिकता किर्ते कसुरमा पक्राउ पर्नुभएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छुट्नुभएको छ ।

अनुसन्धानका लागि आवश्यक परेका बेलामा उपस्थित हुनुपर्ने शर्तमा सिरोहियालाई प्रहरीले बुधबार अपरान्ह छाडेको हो । सिरोहियालाई उहाँकै छोरा सम्भव सिरोहियाको जमानतमा छोडिएको प्रहरीले जनाएको छ ।

सिरोहियाको नागरिकताबारे अनुसन्धान गर्न प्रहरीले तीन पटक म्याद थप गरी नौ दिन थुनामा राखेको थियो ।

नागरिकता विवादमा छानबिनका लागि उहाँलाई गत साता काठमाडौंको थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्सको केन्द्रीय कार्यालयबाट प्रहरीले पक्राउ गरेर जनकपुर लगेको थियो ।

स्वास्थ्यमा समस्या भएपछि उहाँलाई मंगलबार हेलिकोप्टरबाट काठमाडौंको मेडिसिटी अस्पताल ल्याइएको थियो ।

सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते प्रहरीमा जाहेरी परेको थियो । जाहेरी परेको झण्डै २० दिनपछि प्रहरीले धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ९ : २५ बजे