दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

देउवाको दैलोमा माधवको सवारी, सत्ता लालसा की, खुट्टोमा बञ्चरो ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेपाली काग्रेंस सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बुढानीलकण्ठ पुग्नुभएको छ । 

नेपाल बुधवार अपराह्न देउवा निवास बुढानीलकण्ठ पुग्नुभएको हो । 

संसदमा प्रमुख विपक्षी दलका नेतासमेत रहनुभएका देउवाले आयोजना गर्नुभएको हो विपक्षी दलको बैठकमा सत्तारुढ दलका नेता नेपाल सहभागी हुनुभएको हो । 

वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारमा माधवका दुई मन्त्री सहभागी हुनुहुन्छ ।  गण्डकी प्रदेशमा एमाले सरकार ढलेको, कोसी प्रदेश सरकारको मुद्दा अदालतमा विचाराधीन रहेको र मधेस प्रदेशमा नयाँ सरकार बन्ने चरणमा रहेको अवस्थामा नेपालको बुढानीलकण्ठ यात्राले थप रहस्यपूर्ण बनाएको छ ।

कतिपयले माधवको कदमलाई आफ्नै खुट्टामा बन्चरो हान्ने अराजनीतिक कदम भन्दै आलोचना गरेका छन् । त्यसो त वाम सरकार गठनको विषय सुरु देखि नै माधव नेपाललाई पचिरहेको देखिँदैन । वर्तमान संसद्मा एक पटक प्रधानमन्त्री भई छाड्ने ‘लालसा’मा देखिएका माधव त्यही ललिपपले देउवा निवास पुगेको हुनसक्ने बताइएको छ । उक्त बैठकमा  जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर सहभागी हुनुहुन्थ्यो । 

 राष्ट्रियपार्टीको हैसियतसम्म नरहेका माधवलाई प्रयोग गरेर बर्तमान सत्तासमिकरणलाई ‘छिर्के दाउँ हान्न’ हैसिएका सभापति देउवाले माधवलाई प्रधानमन्त्रीको किस्ती नै बुझाउनु भयो भने त्यो मनको लड्डु घिउँसँग खानु जत्तिकै हुने राजनीतिक बृतमा चर्चा छ । यस अघि सत्तासमिकरण बन्न नदिन देउवाले रास्वपाका अध्यक्ष रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको खुलासा स्वंयम गृहमन्त्री लामछिानेले संसद्मै गरिसक्नुभएको छ । माधवलाई पनि देउवाले प्रधानमन्त्रीको ‘कार्ड’ फ्यालेर त  बुढानिलकण्ठ बोलाउनुभएन यत्तिखेर चासोको विषय बनिरहेको छ ।  

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ७ : ०७ बजे