काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठगहरू प्रवेश गरेका केही ठुला सहकारी सङ्कटग्रस्त भएको बताउनुभएको छ । एमाले जनसङ्गठन संयन्त्रद्वारा बुधवार आयोजित राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै नियममा बस्ने सहकारीमा कुनै समस्या नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो – अहिले सहकारीमा गैरसहकारीवालाहरु, यसलाई माध्यम बनाएर ठगेर खानेहरू प्रवेश गरेको हुनाले केही सहकारी ठुला सहकारी बदनाम भएको छ। त्यहाँ समस्याग्रस्त भएको छ। ती सङ्कटग्रस्त छन्। तर, साँचैको सहकारीहरू सङ्कटग्रस्त हुँदैनन् । छैनन्। आफ्नो नियम पालना गरेर अगाडि बढ्नुपर्छ। कुनै समस्या हुँदैनन्।’ उहाँले भन्नुभयो ।
ओलीले महिलाले सबै क्षेत्रमा ३३ प्रतिशत आरक्षण पाए पनि सुखी हुन नसकेको बताउनु भयो ।
‘महिलाले ३३ प्रतिशत सहभागिता प्राप्त गर्दा हामी खुसी छौ । तर सन्तुष्टि बनाउन सकेको छैन । त्यसबाट हामी सुखी हुन सकेको छैनौ । ’ उहाँले भन्नुभयो।
‘कति सङ्घर्ष गरेर, कति लडाइँ गरेर कुन अवस्था पार गरेर यहाँसम्म कुन बलिदान दिएर यहाँ आइएको छ, अवस्था उस्ता उस्तै रे! कहाँ छ उस्ता उस्तै छ? महिलाको उपस्थिति संसदमा ३३ प्रतिशत छ,’ ओलीले प्रश्न गर्नुभयो ।
एमाले जुन सबल अवस्था पुगेको छ । यसमा दिदीबहिनीको र नयाँ युवापिढीको असाधारण भूमिका रहेको ओलीले बताउनुभयो ।
‘कोही नभएको वेला दिदी बहिनी र युवा विद्याथीहरु झन्डा बोकेर माइतीघर पुगेका छन् । अहिले पनि हामीले केही परिवर्तन गरेपनि अरु केही बदल्न बाँकी छ ’ ओलीले भन्नुभयो ।
अर्को एक सन्दर्भमा ओलीले राष्ट्रिय शक्तिलाई धेरेले कच्याककुचुक पार्ने खोजेको तर यसलाई कसैले पनि त्यस्तो गर्न नसकेको बताउनुभयो । उहाँले महिलालाई निर्णायक तहमा विकास गरेर राष्ट्रिय शक्ति बनाउने घोषणा गर्नुभयो ।
अर्को एक सन्दर्भमा सहकारीमा ठगेर खानेहरूले त्यसलाई सङ्कटग्रस्त बनाएको आरोप लगाउनुभयो । उहाँले महिलाको यो भेलाबाट केही न केही केही नयाँ चिज प्राप्त गर्ने बताउनुभयो ।
महिला आन्दोलनभित्र विकृत पस्न दिनु नहुने उहाँले बताउनुभयो । अहिलेसम्म आन्दोलन एमालेको नेतृत्वमा भएको छ , सामाजिक न्याय र अग्र भागमा एमाले उभिने छ
प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार ५ : २३ बजे
प्रतिक्रिया