दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

वैद्यले बढी बोलेको स्वीकार गदै लिखित र रोष्टममा उभिएर माफी मागे

काठमाडौं । प्रधानमन्त्रीलाई ज्यानमार्ने धम्की दिएका बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यले रोष्टमभमा उभिएर माफी मागेका छन् । विवादास्पद अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना खेपेका वैद्यले लिखित र रोष्टममा उभिएर माफी मागेका हुन ।  शनिवार प्रदेशसभा बैठक शुरु भए लगत्तै रोष्टममा उभिएर वैद्यले आफ्नो अभिव्यक्तिप्रति सामाजिक सन्जालमा क्रिया प्रतिक्रिया आएको र आफ्नो पार्टीले समेत माफी माग्न निर्देशन दिएकाले आत्मालोचना गर्दै फिर्ता लिएको बताएका हुन् ।

बैठक शुरुहुनुभन्दा पहिला नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकले नरोत्तम वैद्यले लिखित रुपमा माफी माग्नुपर्ने र उनको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग गरेको थियो ।

एमाले बागमती प्रदेशले प्रधानमन्त्री ज्युको हत्या गर्न तयार रहेको छु भन्ने जस्ता अभिब्यक्तिले प्रदेश सभाको मर्यादा र प्रतिष्ठामा धक्का पुगेको र उहाँले बोलेका अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग गरेको थियो। लगतै वैद्यले संसदमा बोलेको कुरामा कहिँ कतै मुद्दा नलाग्ने भन्ने बुझेर बढी नै बोलेको स्वीकार गदै प्रदेश सभाको रेकर्डबाट आफना अभिव्यक्ति हटाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  १२ : ३० बजे