सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

गाई भैँसीको नश्ल सुधारका लागि ३८ करोड विनियोजन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले गाई भैँसी नश्ल सुधारका लागि ३८ करोड र भ्याक्सिन उत्पादनका लागि ४० करोड रुपैयाँ विनियोजन गर्नुभएको छ । 

मंगलबार अर्थमन्त्री पुनले संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुहुँदै स्वदेशमै बढी दुध उत्पादन गर्ने पशुको विकासका लागि गाई र भैँसीमा नश्ल सुधारका लागि ३८ करोड रुपैयाँ विनियोजन गरेको बताउनुभएको हो । 

पशुपक्षीको रोग नियन्त्रण गर्नका लागि आगामी वर्ष ५ करोड डोज खोप उत्पादन गरिने  बताए । आगामी ३ वर्षभित्र पिपिआर र स्वाइन फ्लू रोग उन्मूलन गर्ने गरी निःशुल्क खोप सञ्चालन गर्ने बताउनुभयो । खोरेत रोग उन्मूलन गर्न खोप अभियान सञ्चालन गर्ने बताउनुभयो । उहाँले खोप उत्पादन गर्नका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको बताउनुभयो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ४ : १६ बजे