साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेकपा एमाले दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

काठमाडौँ ।  सत्तारुढ नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको दोस्रो बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ११ बजेदेखि बैठक बस्न लागेको हो ।

आजको बैठक बैशाख ६ गतेकै निरन्तरता हो । ६ गतेको बैठकले माधव नेपाल पक्षीय प्रतिनिधिसभाका २७ जना सांसदलाई र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

सबै सांसदहरुले स्पष्टीकरण बुझाइसकेका छन् । उनीहरुको जवाफमाथि आजको बैठकमा छलफल र थप कारबाहीको निर्णय हुन सक्ने बुझिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ८ : २६ बजे