सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

ऊर्जा क्षेत्रको विकासका लागि ५० अर्ब रुपैयाँ विनियोजन

काठमाडौँ ।  सरकारले ऊर्जा क्षेत्रको विकासका लागि ५० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । 

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रको विकासका लागि ५० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन् । उनले हरित हाइड्रोजनको अनुसन्धान र विकासका लागि आवश्यक बजेट विनियोजन गरेको पनि बताए । 

अर्थमन्त्री पुनले कर्णाली कोरिडोर ४०० केभी प्रसारण लाइन निर्माण अघि बढाइने बताए । यस्तै, अर्थमन्त्री पुनले न्यु बुटवल अन्तरदेशीय प्रसारण लाइनको निर्माण पूरा गरिने बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ३ : ५० बजे