सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सुनको सीमा विस्तार गरिने

काठमाडौँ । सरकारले सुनको सीमा विस्तार गर्ने भएको छ। अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२मा उक्त कुरा उल्लेख गर्नुभएको छ।

सङ्घीय संसद्मा बजेटका कार्यक्रम पेस गर्दै उनले अहिले कायम रहेको सुनको सीमा विस्तार गर्ने बतउनु भयो। अहिले सरकारले २० किलोसम्म सुन दैनिक ल्याउन पाउने व्यवस्था गरेको छ। सरकारले नयाँ आर्थिक वर्षमा त्यसलाई बढाउने घोषणा गरेको हो।

त्यसअघि १० किलो मात्र ल्याउन पाउने व्यवस्था थियो। सुन व्यवसायीहरूले सुनको कोटा नपुगेको भनी गुनासो गरेपछि नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७९ जारी गर्दै सीमा २० किलोसम्म पुर्‍याएको थियो। अव सरकारले यसमा पनि सीमा विस्तार गर्ने भनेको छ भने कति विस्तार हुने उल्लेख छैन।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ३ : ४४ बजे