दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बैद्यले लिखित रुपमा माफी माग्दै रेकर्डबाट हटाउनुपर्ने एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकले कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यले लिखित रुपमा माफी माग्नुपर्ने र उनको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग गरेको छ ।

शनिबार बिहान बसेको बैठकले वैद्यको गैरराजनीतिक अभिव्यक्तिको भर्त्सना गर्दै संसदमा लिखित रुपमा माफी माग्नुपर्ने माग गरिएको बैठकपछि बागमती प्रदेशसभामा एमालेका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिनुभयाये । उहाँले भन्नुभयो प्रधानमन्त्री ज्युको हत्या गर्न तयार रहेको छु भन्ने जस्ता अभिब्यक्तिले प्रदेश सभाको मर्यादा र प्रतिष्ठामा धक्का पुगेको छ । उहाँले दिनुभएको अभिब्यक्ति ज्यादै अमर्यादित, असंसदीय र मुलुकको संबिधान र कानुन बिपरित छ । माननीय नरोत्तम बैद्यले प्रदेश सभाको बैठकमा अभद्र ब्यबहार प्रस्तुत गर्नुभएको छ । उहाँले सभामा प्रस्तुत गर्नुभएको अभिब्यक्तिको भत्र्सना गर्दै अविलम्ब प्रदेश सभाको रेकर्डबाट हटाउनुपर्ने सचेतक निरौलाले बताउनुभयो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  १२ : ०९ बजे