दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एयर लिफ्ट चढ्ने   भाग्यमानी ‘विवादास्पद’ नेपाली बिरामी 

काठमाडौँ। देशका धेरै भूभागमा अझै पनि खोजेको बेला एम्बुलेन्स पाइँदैन। भनेको बेला सवारी साधन पाइँदैन।  यसका कारण अहिले पनि कतिले ज्यान गुमाइरहनु परेको छ।  पैसा  तिर्न नसक्दा कतिको अझै अस्पतालबाट लास उठ्न सकेको छैन। कतिले उपचार पाएका छैनन् । तीन करोड नेपालमा धेरैले भोग्ने दिनचर्या हो। 

 कानुनमा सबै बराबर हुन्छन् । सबैलाई राज्यले एउटै नजरले हेर्छ भन्ने कुरा आम मान्यता भए पनि व्यवहारमा त्यो लागु भएको छैन।  कुनै साधारण नेपाली कुनै कानुनी विवादमा प¥यो भने , उसले भोग्ने हिरासत, पनि कठोर हुने गर्छ। उसले भनेको बेला आफन्त समेत भेट्न पाउँदैन। 

तर यो तीन करोडमा अहिले यस्ता अभियुक्तको धेरै चर्चा छ जसले फर्जी नागरिकतामा प्रहरी हिरासतमा दिन काट्नु पर्छ ।  ती नागरिक हुन कान्तिपुर   पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया । 

सिरोहिया नागरिकता फर्जी प्रकरणमा पक्राउ गरेपछि उनलाई लागेको थियो – यत्रो मिडिया मालिक कसले थुन्ने हिम्मत गर्छ,  त्यसैले कस्टडीमा बस्नु पर्दैन। तर अदालतले लगातार तीन पटक म्याद थप्न आदेश दिएपछि भने  उनको नयाँ नयँ नाटक सुरु भएको एक प्रहरी बताउँछन् ।त्यसैले थला पर्ने गरी उनको मुटु दुख्यो ।  अदालतले हिरासतमा राख्न स्वीकृत दिनु अघि सम्म फलाम जस्तो उनको मुटु केही बेरपछि धड्कन थाल्यो । त्यसैले सुविधा सम्पन्न अस्पतालमा भर्ना गरियो 

प्रहरीको न्यायिक हिरासतमा  जनकपुर अस्पतालमा रहेका  सिरोहियालाई उपचारका लागि काठमाडौँ लगिने भएको छ ।

नागरिकता किर्तेसम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया अहिले जनकपुरधामको काब्या अस्पतालमा उपचाररत छन् । सो अस्पतालका डा. एसके सिंह र डा. पंकज कुमार साहले सिरोहियालाई एयर लिफ्ट गरेर काठमाडौ लैजान सिफारिस गरेका हुन् ।

सिरोहियालाई अदालतको अनुमतिपछि प्रहरीले ज्येष्ठ ८ मङ्गलवार काठमाडौंस्थित ग्रुपको केन्द्रीय कार्यालयबाटै पक्राउ गरी जनकपुरधाम ल्याएको थियो । धनुषा जिल्ला अदालतले उनलाई पहिलो, दोस्रो र तेस्रो पटक ३÷३ दिनको म्याद थपेको छ ।

दोस्रो पटक म्याद थपेकै दिन साँझमा सिरोहिया थुनुवा कक्षमा रहेको बेला बिरामी परे । उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि प्रहरीले उनलाई प्रादेशिक अस्पताल लगियो । तर त्यहाँ उपचार सम्भव नदेखिएको भन्दै चिकित्सकले रेफ र गर्दा काब्या अस्पताल लगिएको थियो ।

 सोमबार तेस्रो पटक म्याद थप्न प्रहरीले सिरोहियालाई अस्पतालबाट एम्बुलेन्समै अदालत पुर्याइएको थियो । अदालतले तीन दिनको म्याद थप्दै स्वास्थ्य अवस्था प्रतिकुल देखिए उनले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका चिकित्सकबाट परीक्षण गर्न उपर्युक्त हुने आदेश दिएको थियो ।

अदालतको सोही आदेश टेक्दै अस्पतालले सिरोहियालाई एयर लिफ्ट गरेर काठमाडौ लग्न सिफारिश गरेको छ । यसको पुष्टि धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले गरे । उनका अनुसार माडिसिटी अस्पताल लग्ने तयारी भइरहेको छ ।

 

सिरोहिया उपचारका लागि काठमाडौँ पुगे पनि अनुसन्धान प्रभावित नहुने बताए । उनले भने, ’अहिले पनि हाम्रै नियन्त्रणमा छन् । काठमाडौँ उहाँसँगै हाम्रो प्रहरी पुग्छन् । त्यहाँका प्रहरीको पनि सपोर्ट हुन्छ ।’ 

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ३ : २२ बजे