दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न वैद्यलाई कांग्रेसको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसले वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ ।

पार्टीले वैद्यलाई सचेत गराउँदै अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिइसकेको प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् ।

विज्ञप्तीमा शर्माले भनेका छन् , ‘नेपाली कांग्रेस प्रष्ट छ अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन । आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिंदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन । शान्तिपूर्ण राजनीतिको सालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भने संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुन्छ ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ११ : ४३ बजे