दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

कार्यादेश बारेको सहमति कांग्रेसद्वारा अनुमोदन, आजै संसदीय समिति गठन हुने

काठमाडौं । नेपाली कांग्रेसले सरकारसँग सहकारी प्रकरण संसदीय छानबिन समितको टिओआरसम्बन्धी सहमति अनुमोदन गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले सहमतिबारे ब्रिफिङ गरेर बैठकले अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनु भएको छ । उहाँले आज कार्यदल बसेर केहीबेरमा कार्यादेश टुंग्याइने जानकारी दिँदै आजै संसदीय छानबिन सहमति बन्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अब कार्यदलको बैठक बसेर अन्तिम रूप दिन्छ । आज बस्ने ४ प्रतिनिधिसभाको बैठकबाट संसदीय छानबिन समिति गठन हुन्छ । हामीले समितिमा बस्नेको नाम ३ बजेसम्ममा दिइसक्छौं ।’

लेखकले कांग्रेसले उठाउदै आएको माग सम्बोधन हुने गरि संसदीय छानबिन समिति बन्ने बताउनुभयो । उहाँले बचतकर्ताको रकम फिर्ता हुने ग्यारेन्टी गर्ने र सहकारी ठगीमा नाम जोडिएका व्यक्तिको बारेमा छानबिन गर्ने उहाँको भनाइ छ ।

संलग्न सबै व्यक्तिको छानबिन हुने तर कार्यादेशमा व्यक्तिको नाम जोड्न आवश्यक नरहेको निष्कर्षमा कांग्रेस पुगेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  १२ : ०१ बजे