दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एमालेले भन्यो, प्रधानमन्त्रीको हत्या गर्ने वैद्यको अभिव्यक्ति फौजदारी कसुर हो

काठमाडौं। नेकपा एमालेले कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति फौजदारी कानुन आकर्षित हुने ठहर गरेको छ।एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आज एक विज्ञप्ति जारी गर्दै अभिव्यक्तिको भत्सर्ना गर्नुभएको छ। वक्तव्यमा भनिएको छ, प्रधामन्त्री ओलीको हत्या गर्न दिएको धम्कीलाई पार्टीले गम्भीर रुपमा लिएको छ। हत्याका लागि अरुलाई दुरुत्साहन गर्ने र हत्याका लागि तयार रहेको भन्ने अभिव्यक्ति अपराधिक र निन्दनीय छ। उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ ।’
 

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ११ : १४ बजे