दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

साउनभित्रै भैँसैपाटी सारिँदै मन्त्री क्वाटर

ललितपुर । ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वाटर निर्माण आगामी साउनभित्र सकिने भएको छ । मन्त्री क्वाटरभित्रको अन्तिम चरणको काम सकिने अवस्था रहेको र साउनभित्रमा पुल्चोकस्थित क्वाटरमा रहेका मन्त्रीहरुलाई भैँसैपाटीस्थित नयाँ भवनमा सार्ने गरी अन्तिम चरणको काम भइरहेको छ ।

नयाँ मन्त्री क्वाटरको सोमवार अनुगमन गर्नुहुँदै शहरी विकास मन्त्री धनबहादुर बुढाले साउनभित्रमा पुल्चोक मन्त्री क्वाटरलाई भैँसैपाटीमा सारिने जानकारी दिए । मन्त्रालयका सचिव मणिराम गेलाल, भवन विभागका डिजी कुमार घिमिरे, सहचिवहरु पद्मकुमार मैनाली, चक्रवर्ती कण्ठ सहित भैँसैपाटी पुगेका मन्त्री बुढाले मन्त्री क्वाटरको पछिल्लो प्रगतिबारे जानकारी लिनुभएको थियो ।

मन्त्री बुढाले यही साउनभित्रमा मन्त्रीज्यूहरुलाई सार्ने गरी निर्माणको काम सक्न निर्देशन दिनुभएको थियो । धेरैजसो काम सकिएपनि बाहिरी संरचना र क्वाटरभित्र साससज्जा गर्ने काम भइरहेको अनुगमनको क्रममा पाएकाले साउन महिनाभित्र हस्तान्तरण गर्न मन्त्री बुढाले निर्माण कम्पनीलाई समेत निर्देशन दिएका थिए ।मन्त्री बुढाले बनमन्त्री नवल किशोर साह र स्वास्थ्यमन्त्री प्रदीप यादवलाई समेत नयाँ क्वाटर हेर्न बोलाएका थिए ।

भैंसेपाटीमा मन्त्रीहरूका लागि २४ वटा र राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि क्वाटर निर्माण भइरहेको छ। प्रत्येक ११ आनामा एक जना मन्त्रीका लागि क्वाटर निर्माण गरिएको छ । जसअन्तर्गत ८ आनामा भवन निर्माण गरिएको छ ।

राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि भने आवास क्षेत्रफल बढाइएको विभागका महानिर्देशक कुमार घिमिरेले बताए । सहरी विकास मन्त्रालय अन्तर्गतको भवन विभागले मन्त्री क्वाटरसँगै अन्य संरचना पनि तयार गर्दैछ। हेलिप्याड, स्विमिङ पुल, ग्रोसरी भवन, सुरक्षाका लागि बस्ने प्रहरीका लागि ३ वटा ब्लक भवन, फाउन्टेनसँगको बगैँचा बनाउने काम अन्तिम चरणमा पगेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  २ : ४१ बजे