दलित गाउँका पहिलो शिक्षक

देउवाको अवस्था बुझ्न बुढानिलकण्ठ पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई भेट्न बुढानिलकण्ठ जानुभएको छ ।

सभापति देउवाको स्वास्थ्यमा समस्या आएको खबर आएपछि प्रधानमन्त्री दाहाल देउवा निवास बुढानिलकण्ठ जानुभएको हो ।  पछिल्लो समय सहकारी ठगीको विषयमा बन्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) को विषयमा सत्ता पक्ष र प्रतिपक्षीबीच कुरा मिलिरहेको छैन । 

यही विषयका कारण प्रमुख प्रतिपक्षी नेपाली काग्रेंसले लामो समयदेखि संसदमा अवरोध गर्दै आइरहेको छ । सदन अवरुद्ध हुँदा सरकारले नीति तथा कार्यक्रम पारित गर्न सकिरहेको छैन ।  अवरुद्ध  संसदका कारण चालु वर्षको बजेट कसरी ल्याउने भन्ने विषयमासमेत अन्यौलता छ ।

शनिबार कार्यादेश टुङ्ग्याउने जिम्मा पाएको कार्यदलले दलका शिर्ष नेताहरूलाई  टीओआरमा सहमति जुटाउने जिम्मा दिएको छ । आइतबार शीर्ष नेताहरू बसेर त्यसलाई टुङ्गोमा पुर्‍याउने बताइएको छ । यही बीच दुई शीर्ष नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।  केहीबेरमा  प्रमुख शीर्ष दलका  नेताहरुबीच  बैठक बस्दैछ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ९ : ५३ बजे