दलित गाउँका पहिलो शिक्षक

छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक सुरु

काठमाडौं । संसदीय छानबिन समितिका लागि कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ ।

बैठक सिंहदरबारस्थित कानून मन्त्रालयमा केहीबेरअघि सुरुरु भएको छ ।

कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहनुभएको छ ।

कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ५ : ५२ बजे