साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नेपाली फिल्म ‘पुजार सार्की’ र ‘फर्की फर्की’लाई केपी ओलीको शुभकामना

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रदर्शनरत नेपाली चलचित ‘पुजार सार्की’ र ‘फर्की फर्की’लाई शुभकामना दिनुभएको छ ।

शनिबार सामाजिक सञ्जालमा लेख्नुहुँदै अध्यक्ष ओलीले ‘पुजार सार्की’ र ‘फर्की फर्की’लाई शुभकामना दिनुभएको हो । उहाँले यी दुई चलचित्रमा युवा पुस्ताका नयाँ कलाकारहरुले अभिनय गर्नुभएको र प्रारम्भिक रिभ्यु राम्रो भएको सुन्न र पढ्न पाएको भन्नुहुँदै समय मिले आफू पनि हेर्ने जनाउनुभएको छ ।

उहाँले भन्नुभएको छः

 

नमस्कार !!

आज शनिबार । धेरैले फिल्म पनि हेर्नु भयो होला, हेर्दै हुनुहुन्छ होला । शनिबार भए पनि म अलि बेफुर्सदी भएँ। युवा पुस्ताका नयाँ कलाकारहरुले अभिनय गर्नु भएका यी दुई चलचित्र – ‘पुजार सार्की’ र ‘फर्की फर्की’को प्रारम्भिक रिभ्यु राम्रो भएको सुन्न र पढ्न पाएको छु। कलाकारहरुको अभिनय बेजोड छ भन्ने सुनेको छु। विषयवस्तु पनि अब्बल उठाउनु भएको छ। युवा टिम सबैलाई शुभकामना !!

समय मिले म पनि चलचित्र हेर्ने नै छु।

​​​​​​​

​​​​​​​

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  १२ : ०४ बजे