दलित गाउँका पहिलो शिक्षक

एमाले दमक नगरको अध्यक्षमा राम पौडेल विजयी

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिका कमिटीको अध्यक्षमा राम पौडेल विजयी हुनुभएको छ ।

नगर कमिटीको नेतृत्वका लागि भएको निर्वाचनमा पौडेलले १६५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिष्पर्धीहरु भगवान बस्नेतले ७७, युवराज घिमिरेले ७५ र सन्तोष दुलालले ३२ मत प्राप्त गर्नुभयो ।

यसैगरी, उपाध्यक्षमा उर्मिला ओलीले १८३ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिष्पर्धीहरु दिपेश दाहालले १२९ र चन्द्रप्रसाद गुरागाईंले ३२ प्राप्त गर्नुभयो । सचिवमा गिरेन्द्र चम्लागाईंले १८१ मत ल्याएर विजयी हुँदा तेजप्रसाद तिवारीले १५५ मत प्राप्त गर्नुभएको छ ।

उपसचिवमा झसराज ढकालले १२९ मत पाएर विजयी हुँदा डेन्जोङ शेर्पाले ७४, गजेन्द्र धिमालले ४०, खड्ग राईले ३५ र मणिराज धिमालले २९ मत प्राप्त गर्नुभएको छ । महिला उपसचिवमा सीता कार्कीले १९० मत ल्याएर विजयी हुँदा मुना सिग्देलले १३० मत प्राप्त गर्नुभयो ।

अधिवेशनले ८१ सदस्यीय कमिटी चयन गरेको छ ।

अधिवेशनको उद्घाटन अध्यक्ष ओलीले बिहीबार गर्नुभएको थियो । उहाँले सकेसम्म सहमती गरेर कमिटी गठन गर्न र नभए बिलम्ब नगरी निर्वाचनमा जान निर्देशन दिनुभएको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ११ : १२ बजे