दलित गाउँका पहिलो शिक्षक

एमाले धनकुटा अधिबेशन : दुई प्यानल चुनावी मैदानमा जाने तयारी

धनकुटा । नेकपा (एमाले) धनकुटाको आठौँ जिल्ला अधिवेशन शनिवारदेखि सुरु हुँदैछ। धनकुटामा एमालेको नेतृत्वका लागि दुई उम्मेदवार प्यानल सहित चुनावी मैदानमा होमिने तयारी गरेका छन्। सहमती नभए वर्तमान उपसचिब शिव आङ्ला र वर्तमान जिल्ला सचिवालय सदस्य निरेन तामाङ अध्यक्ष पदका लागि मैदानमा उत्रिने तयारीमा छन्। आङ्लाको टिममा उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा पर्शुराम नेपाल रहेका छन्। उप सचिवमा धेरै जना आकांक्षी भएकोले टुंगो लाग्न बाँकी रहेको छ । यस्तै निरेन तामाङ प्यानलमा उपाध्यक्षमा मनोज राई, सचिबमा शेरबहादुर लिम्बू र उपसचिवमा डा. गोपाल भट्टराई र मनकुमारी तितुङ (तारा) उम्मेद्धार हुने बताइएको छ। 

अधिवेशनले एक जना अध्यक्ष, एक जना उपाध्यक्ष, एक जना सचिव र एक जना महिलासहित दुई जना उपसचिव सहित ९० सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ । जिल्ला कमिटिमा न्युनतम ७५ सदस्यीय बनाउने र एउटा निर्वाचन क्षेत्रबाट १५ जना थप हुने विधानमा व्यवस्था भएकाले धनकुटामा एउटा मात्रै निर्वाचन क्षेत्र रहेकाले जम्मा ९० सदस्यीय जिल्ला कमिटि बन्ने एमाले धनकुटाका सचिव निरन राईले जानकारी दिनुभयो। जिल्ला कमिटीमा कम्तीमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा र अपांग, मजदुर, पेशागत, दलित तथा अल्पसंख्यक गरि १० प्रतिशत अनिवार्य गरिएको सचिव राईको भनाइ छ।

नेकपा एमालेको आठौँ जिल्ला अधिवेशन शनिबार ११ बजे धनकुटाको सामुदायिक भवनमा सुरु हुँदैछ । एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले उद्घाटन गर्ने अधिवेशन शनिबार र आइतबार चल्ने छ । अधिवेशनमा जिल्लाका सात स्थानीय तह, विभिन्न जनवर्गीय संगठन, पेशागत क्षेत्र, सम्पर्क मञ्चबाट ५ सय ४८ जना प्रतिनिधि सहभागी हुनेछन्।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  १० : ३७ बजे