दलित गाउँका पहिलो शिक्षक

सिरोहियाकाे अस्पताल भर्ना : उपचारको खोजी की हिरासत छल्ने दाउ ?

काठमाडौं । पाँच दिनदेखि प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएको भन्दै उनी अस्पताल भर्ना भएका हुन् ।  उच्च रक्तचापका कारण देखाउँदै  सिरोहियालाई अस्पताल भर्ना गरिएको छ । अहिले सिरोहियालाई सुविधा सम्पन्न काव्या अस्पतालमा भर्ना गरिएको छ ।  सहज बसाइकै लागि उनी उक्त अस्पतालमा भर्ना भएको धेरैको दाबी छ ।

उनले आफूलाई पहिलेदेखि नै डायबिटिज, उच्च रक्तचापलगायतका समस्या भोगिरहेका र अहिले  टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या आएको प्रशासनसँग दाबी गरेका छन् ।  सिरोहियाको पछिल्लो अवस्था  रिपोर्ट प्राप्त भएपछि मात्र भन्न सकिने चिकित्सकहरूले बताएका छन् ।

धनुषा जिल्ला अदालतको अनुमति लिएर अनुसन्धानका लागि मंगलवार सिरोहियालाई काठमाडौँस्थित कान्तिपुर मिडिया ग्रुपकै कार्यालयबाट पक्राउ गरिएको थियो ।

सिरोहियालाई प्रहरीले मंगलवार राति धनुषा ल्याएपछि प्रहरीले अदालतमा पेश गर्दा तीन दिनको म्याद थपियो । शुक्रवार अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई पुनः तीन दिनको म्याद दिएको छ ।

स्वास्थ्यमा समस्या देखाई अस्पताल भर्ना भएको विषय यत्तिखेर सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ । धेरै जसो सामाजिक सञ्जाल प्रयोग गर्दाको दाबी छ उनले हिरासतको बसाई छल्न अस्पताल भर्ना भएको दाबी गरिरहेका छन् । 

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ८ : ४० बजे