साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

तस्करको नयाँ जुक्ति : ‘सुनको ज्याकेट’पछि अब सुनैले पोतिएको कपडा !

काठमाडौं । यसअघि ज्याकेटमा सुन राखेर आएका नागरिक पक्राउ परेका थिए । अनेक जुक्ति लगाएर तस्करहरूले सुन काठमाडौं विमानस्थलबाट छिराइरहेका छन् ।

बिहीबार सुनको लेपन लगाइएको कपडासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक ३९ वर्षीय नवीन हरिशलाल गोक्लानी छन् । बिहीबार दिउँसो २ बजे दुबईबाट काठमाडौं आएका गोक्लानीलाई आगमन गेट नजिकबाट प्रहरीले पक्राउ गरेको हो ।

एक्सरे मेसिनमा स्क्यानिङ गर्दा गोक्लानीले लगाएको जिन्स पाइन्ट अस्वाभाविक देखियो । बाहिर निकाले हेर्दा खासै केही देखिएन । प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर्दा पाइन्टमा लेपन लगाएर ल्याइएको सुन भेटिएको हो ।

पाइन्टसहित सुनको तौल १२ सय ग्राम छ । उनले ४० ग्राम बराबरको सुनको सिक्री पनि ल्याएका थिए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ६ : ०१ बजे