काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा देबेन्द्ररमण खनाल नियुक्त हुनुभएको छ।
किरणकुमार श्रेष्ठ दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत भएर अवकाश हुनुभएपछि खनाल कार्यकारी प्रमुखमा नियक्त हुनुभएको हो । बैंकको बिहीबार बसेको संचालक समितिले चार वर्षका लागि खनाललाई प्रमुख कार्यकारी अधिकृत बनाएको हो।
बैंकको संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा खुला आह्वान गरेपछि १९ जनाले आवेदन दिनुभएको थियो। अघिल्लो साता ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो।
खनाल चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ । १६ वर्षअघि बैंकमा ८औँ तहबाट प्रवेश गर्नुभएका उहाँले शाखा प्रबन्धक, प्रदेश प्रमुख, विभागीय प्रमुख र कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाउनुभएको थियो ।
प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार ५ : ४३ बजे
प्रतिक्रिया