दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

औचित्यहीन सभामुखको सर्वदलिय बैठक

काठमाडौं । सभामुख अग्नि सापकोटाले आज शिर्ष नेताहरुलाई छलफलमा बोलाएर आफु सक्रिय रहेको छनक दिन खोजे । सर्वदलिय बैठक भनिए पनि सत्तारुढ पार्टी एमाले र जसपा महन्थ ठाकुर पक्षको बैठकमा सहभागिता थिएन ।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला सभामुख सापकोटाले छलफललाई तिब्रता दिएका छन् । छलफलमा सभामुख सापकोटाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रि प्रजातान्त्रिक पार्टी राप्रपाका दिपक बोहोरा लगायतका नेताहरुसँग समसामयिक विषयमा छलफल गरे । पछिल्लो राजनीतिक घटनाक्रममा छलफल केन्द्रित गर्ने भनिएपछि अधिकांशले प्रधानमन्त्री केपी ओलीका बिरुद्धमा बिष वमन गरे । यद्यपी छलफलबाट कुनै ठोस निश्कर्ष भने निस्कन सकेन् ।

बिगतको राजनैतिक समिकरणका हिसाबले तत्कालिन नेकपाका तर्फबाट सभामुखमा सापकोटा निर्वाचित भएका थिए । संवैधानिक ब्यवस्था अनुसार सभामुखका दृष्टिले कुनै प्रकारको राजनैतिक आबध्दतामा कहिंकतै संलग्न भएको नहुनु पर्ने व्यवस्था छ । संविधानले नै दलविहीन भनेर परिकल्पना गरेको सभामुख पदले राजनैतिक आबद्धता वा कुनै दल विशेषसँगको निकटताको कल्पनासम्म गरेको छैन । तर, सभामुख सापकोटाले संविधानको त्यो ब्यवस्थामाथी पनि न्याय गर्न सकेनन् । यसैकारण पनि पछिल्लो चरणमा सभामुख र सरकारबिचको सम्बन्धमा कटुतापुर्ण स्थिती सिर्जना भएको छ।

सरकार राजनैतिक दलहरुबिचको सेतुका रुपमा रहनुपर्ने सभामुख पद आफैं राजनैतिक नाफा नोक्सानमा लागेपछि संसदीय परिपाटी नै धुजाधुजा भएको छ । आफुले संसदभित्र निभाउनै पर्ने विवेकसम्मत भूमिकाबाट समेत सभामुख पछि हटे । सदनले वैकल्पिक सरकार दिन नसकेपछि यतिबेला प्रतिनिधिसभा विघठन भएको छ । विघठित प्रतिनिधिसभालाई पुर्नस्थापना गर्न र आफनो बर्चस्व कायम गर्न सभामुख सापकोटा आफु निकट पार्टीभित्रका नेताहरुसँग छलफल गरिरहेका छन् ।

प्रतिनिधिसभा विघटनको विषय न्यायालयमा विचाराधीन छ । विचाराधीन मुद्धालाई थप प्रभावित गर्न सभामुखले राखेको यस्ता वार्ताको कुनै औचित्य देखिदैन । 
 

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ९ : १८ बजे