साफ यू–१७ च्याम्पियनसिप आजदेखि

भारतीय नागरिकलाई भ्रमण गर्न दिन भारतको चीनसँग आग्रह

नयाँ दिल्ली – भारतले आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ । 

भारतले चिनियाँ नागरिकहरुलाई भारत भ्रमण गर्न दिन पनि तयार रहेको समेत बिहीबार जानकारी दिएको छ ।

दुबै तर्फबाट आवतजावत गर्ने वातावरणका लागि भारतले चीनलाई आग्रह गरेको समाचारमा जनाइएको छ । 

भारतको विदेश मामिला मन्त्रालयले भारतमा चिनियाँ नागरिकहरुलाई आवतजावत गर्न दिन भारत तयार रहेको स्पष्ट पारेको हो । 

भारतले विषेश गरेर भारतमा कामका लागि र अध्ययनका लागि आउन चाहने चिनियाँहरूका लागि सहजै आवत जावत गर्न दिन चाहेको मन्त्रालयले उल्लेख गरेको छ । 

चीनले पनि काम तथा अध्ययनका लागि चीन आउन चाहने भारतीय नागरिकहरूलाई अनुमति दिन भारतसँग यसअघि नै आग्रह गरेको थियो । 

बिहीबार भारतसमेतले आफ्ना नागरिकलाई चीन आउन दिन चीनसँग माग गरेपछि दुबै पक्षका लागि बाटो खुल्ने भएको छ । 

रासस÷एएनआई

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ११ : ०३ बजे