दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मुख्यमन्त्री गुरुङले पाउन सकेनन् विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएसँगै मुख्यमन्त्री गुरुङको प्रदेश सरकार ढलेको छ ।
देशसभामा आज विश्वासको मत लिन असफल भएपछि संविधानतः गुरुङ पदमुक्त भएका हुन् । प्रदेशसभामा गुरुङले विश्वासको मत लिन गरेको प्रस्ताव पारित हुन सकेन । प्रस्तावको पक्षमा २७ जना मत खस्यो भने  विपक्षमा ३० जना प्रदेशसभा सदस्यले मतदान गर्नुभयो । पक्षमा परेको सबै मत नेकपा एमालेका मात्रै सांसदको संख्या हो । 

६० सदस्यीय प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावउपरको मतविभाजनमा ५८ जना उपस्थित हुनुहुन्थ्यो । प्रदेश सरकारका युवामन्त्री राजीव गुरुङ (दीपक मनाङे) भने अनुपस्थित रहे भने सांसद कृष्णबहादुर थापा तथस्ठ बस्नुभयो। सभामुख नेत्रनाथ अधिकारीले मतदान गरेनन् । खनाल, नेपाल पक्षका भनिएका इन्द्रलाल सापकोटाले पनि विश्वासको पक्षमा मतदान गर्नुभयो । विश्वासको मतको प्रस्तावको विपक्षमा ३० मत पर्‍यो । कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २ र जनता समाजवादीका २ सांसदले विपक्षीमा मत दिनुभयो। प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत बैशाख २९ मा गुरुङ दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभाको विश्वास पाउ भन्दै प्रस्ताव पेश गरनुभएको थियो । 

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ६ : ३३ बजे