दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

पहिलो महिला सञ्चारमन्त्री बनिन् नैनकला थापा  

काठमाडौं । पूर्वमहिला आयोगकी अध्यक्ष नैनकला थापा संचारमन्त्री बन्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्नुभएको मन्त्रिपरिषद् पुनर्गठनमा नैनकला थापाले प्रभावशाली मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो । यसअघि कुनैपनि महिलाले सञ्चार मन्त्रालयको जिम्मेवारी सम्माल्ने अवसर पाएका थिएनन् । २०६४ भदौंदेखि ६८ भदौ सम्म राष्ट्रिय महिला आयोगको अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएकी थापा पुर्व माओवादी महिला संगठनको महासचिव पनि हुनुहुन्थ्यो ।

पुर्व गृहमन्त्री रामबहादुर थापासँग २०४० सालमा विवाह गरेपश्चात बाग्लुङ्गबाट चितवन आउनुभएकी थापाले ततकालिन माओवादी द्धन्दको समयमा चितवनकै एक विद्यालयमा अध्यापन गराउनुभएको उहाँ निकट माओवादी नेता रेखा शर्माले बताउनुभयो । जनयुद्धको अन्तिमतिर उहाँ माओवादी पार्टीमा संलग्नभएर काम गर्नुभएको उहाँको बुझाई छ । उहाँले भन्नुभयो, ‘नैनकलाजी जनयुद्धकै समयमा ५६/५७ सालतिर अध्यापान छोडेर पार्टीको काममा लाग्नुभएको हो ।’ पछिल्लो समय श्रीमान रामवहादुर थापा ‘बादल’ राजनीतिमा सक्रिय रहदै आउनुभएको थियो भने नैनकला सक्रिय राजनीतिमा खासै देखिनुभएको थिएन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ५ : ०३ बजे