दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट तीन मन्त्रीले लिए सपथ

धनुषा – प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले बुधबार साँझ नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीमा राम सरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओम प्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास मन्त्रालय र विरेन्द्रप्रसाद सिंह महिला, बालबालिका,  युवा तथा खेलकुद मन्त्रालय रहनुभएको छ । उहाँहरूलाई बुधबार नै प्रदेश प्रमुख राजेश झा अहिराजले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

रासस

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ६ : ५९ बजे