दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

संसद विघटन मुद्दामा बहसका लागि ‘एमीकस क्युरी’ झिकाउन आदेश (आदेशसहित)

काठमाडौँ– प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतले बहसका लागि दुवै पक्षलाई अधिकतम १५–१५ घण्टाको समय निर्धारण गरेको छ ।

बुधबार बसेको संवैधानिक इजलासले दुवै पक्षको बहस सकिने गरी १५/१५ घण्टाको समय निर्धारण गरेको हो । रिट निवेदक पक्षले शुरूमा १२ घण्टा र प्रत्युत्तर बहसका लागि ३ घण्टा गरी १५ घण्टा समय पाउनेछन् । त्यस्तै विपक्षी सरकारका तर्फबाट पनि बहसका लागि १५ घण्टा समय पाउने भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले बहसका लागि समय निर्धारण गरेको हो ।

साथै, अदालतको सहयोगीका रुपमा उपस्थित हुने कानुन व्यवसायीका लागि जनही आधा घण्टाका दरले चारजनालाई कूल दुई घण्टा मात्र बहसका लागि समय प्रदान गर्ने उल्लेख छ ।

इजलासले संसद विघटनविरुद्धको मुद्दामा ४ जना एमिकस क्युरी (अदालतको सहयोगी) पनि माग गरेको छ । नेपाल बार एशोसिएसनबाट २ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जना गरी चार जना माग गरिएको छ । एमिकस क्युरीका एक जनाले बढीमा आधा घण्टा गरी दुई घण्टा बहस गर्न पाउनेछन् ।
यस्तो छ आदेश

​​​​​​​

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ७ : १२ बजे