साफ यू–१७ च्याम्पियनसिप आजदेखि

ओली– नेपाल वार्ता निष्कर्षविहीन

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको बिहीबारको वार्ता  निष्कर्षविहीन भएको छ । 

नागपोखरीस्थित होटेल मेरियटमा ओली र नेपालबीच बिहीबार दिउँसो भेटवार्ता भएको थियो ।  प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । उहाँले एक दुईवटै भेटघाटबाट समस्या समाधान भइहाल्ने अवस्था नरहेपनि वार्ता सकारात्मक रहेको उहाँले बताउनुभयो । 

ओली र नेपाल दुवै एकताका लागि सकारात्मक रहेको  दुगडले प्रष्ट पार्नुभयो  । दुई नेताबीच बुधबार पनि भेटवार्ता भएको थियो । बुधबारको वार्तामा दुवै नेताले आ–आफ्ना अडान राख्नुभएको  थियो ।  

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ६ : ११ बजे