दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सांसद थापाको पुनर्वहालीको आदेश खारेजीको माग गर्दै गण्डकीका सभामुख सर्वोच्चमा

काठमाडौं । राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै गण्डकीका सभामुख नेत्रराज अधिकारीले सर्वोच्व अदालतमा निवेदन दिनुभएको छ । 

मंगलवार दिउँसो सर्वोच्च अदालतमा सभामुख अधिकारीले सांसद थापालाई पदमुक्त गर्ने प्रदेशसभाको निर्णय वैधानिक रहेको भन्दै अन्तरिम आदेश बदर माग गर्दै भ्याकेटको निवेदन दिनुभएको हो  ।

राष्ट्रिय जनमोर्चा, प्रदेश सभामुख नेत्रनाथ अधिकारी र सचिवालयले सर्वोच्चको अन्तरिमक आदेशविरुद्ध भ्याकेट निवेदन दर्ता गराएका हुन् ।

निवेदनको पेशी बिहीबारलाई तोकिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।

सभामुख अधिकारीले राजमोले दिएको सूचनाका आधारमा सांसद थापालाई पदमुक्त गर्नुभएको थियो । 

कारवाहीको निर्णयपछि सर्वोच्च अदालत पुग्नुभएका थापालाई न्यायाधीश कुमार चुँडालको एकल इजलासले पुनर्वहालीको आदेश दिएको थियो ।थापाको पुनर्वहालीसँगै गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना टरेपछि सभामुख भ्याकेटमा निवदेन लिएर सर्वोचव पुग्नुभएको हो । 

 

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  २ : १२ बजे