दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

प्याब्सनका सल्लाहकार राजकुमार महर्जनको कोरोनाबाट मृत्यु

भक्तपुर । प्याब्सनका सल्लाहकार राजकुमार महर्जनको कोराना संक्रमणबाट निधन भएको छ ।

क्वेष्ट नेपालका अध्यक्ष एवं सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित माउण्ट भ्यु इङ्लिस बोडिङ स्कुलका संस्थापक प्रिन्सिपल ५२ वर्षीय महर्जनको आज निधन भएको हो । प्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष, भक्तपुरका पूर्वाध्यक्ष उहाँलाई कोभिड–१९ को दोश्रो भेरियन्टको सङ्क्रमणका कारण गत वैशाख १२ गते उपचारका लागि बिएण्डबी अस्पताल ग्वार्कोमा भर्ना गरिएको थियो । उहाँका दाइ श्याम महर्जनले कोरोना पछिल्लो रिपोर्ट नेगेटिभ आएपनि फोक्सोमा पुर्याएको क्षति र मधुमेहका कारण भाइलाई बचाउने प्रयास असफल भएको जानकारी दिनुभयो ।

विसं २०२६ कात्तिक २ गते ललितपुरको चाँगाथलीमा जन्मनुभएका महर्जनले शिक्षाको विकासका लागि दुई दसकदेखि योगदान दिँदै आउनुभएको थियो । पत्रकारितामा समेत चासो राख्ने उहाँले शिक्षासँग सम्बन्धित विषयमा लेख्नुका साथै सामाजिक सञ्जालमा प्रेरणामूलक सन्देश प्रवाह गर्दै थियो । महर्जनका पत्नी र एक छोरा छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ८ : ४७ बजे