साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बौद्धमा मानिसको खुट्टा फेला

काठमाडौँ – काठमाडौँ महानगरपालिका–६ बौद्धको नयाँबस्ती नजिक फोहोर फाल्ने गरेको जग्गामा मानिसको घुँडाभन्दा मुनिको भाग फेला परेको छ । उक्त घटनाको विषयमा विस्तृत विवरण खुलिसकेको छैन । 

प्रहरी प्रधान कार्यालकया अनुसार स्थानीयले दिएको सूचनाका आधारमा प्रहरी टोलीले बोरामा हालेको अवस्थामा मानिसको खुट्टा फेला पारेको हो । 

उक्त घटनामा महानगरीय प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले अनुसन्धान थालेको छ । अनुसन्धानमा परिसर सँगै प्रहरी वृत्त बौद्ध र महानगरीय अपराध महाशाखाको टोलीसमेत संलग्न छ । यसैबीच काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोट बस्ने ५२ वर्षीया वैष्णवी फुँयाल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृत्युको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

रासस

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ८ : २६ बजे