दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

यी हुन् पार्टी निर्णय नमान्ने सुदुरपश्चिमका १७ सांसदहरू

काठमाडौं । नेकपा (एमाले)का माधवकुमार नेपाल पक्षका सांसदहरूको सहयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको सत्ता जोगिएको छ। मंगलबार मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदा नेपाल पक्षका १७ सांसदले उनलाई मत दिएका छन् । 
५२ सदस्यीय प्रदेश सभामा एमालेका २५, माओवादीका १३, कांग्रेसका १२ ,जसपाका २ सांसद छन्। मंगलबारको मतदानमा ५१ सांसद उपस्थित  थिए। भट्टले ३० मत पाए।  

एमालेको प्रदेश कमिटीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन निर्णय गर्दै प्रदेश संसदीय दललाई पत्राचार गरेपनि पार्टीको निर्देशन विरुद्व एमालका १७ सासदले मत दिएसँगै भट्टको सत्ता जोगिएको हो । 
नेपाली कांग्रेस तथस्ठ बस्दा समेत आफ्नै पार्टीकोनिर्देशन नमानी माओावादीको सरकार टिकाउने एमालेका सांसदको गतिविधिको पार्टीभित्र  तिब्र आलोचना सुरु भएको छ । 

यी हुन् भट्टलाई मत दिने एमालेका १७ सांसदहरू :

१) अमरबहादुर साउद
२) अर्चना गहतराज
३) कुलवीर चौधरी
४) कृष्णराज सुवेदी
५) चुनकुमारी चौधरी
६) तारा लामा तामाङ
७) दीर्घ सोडारी
८) दुर्गाकुमारी कामी
९) पूर्णा जोशी
१०) प्रकाशबहादुर शाह
११) प्रकाश रावल
१२) बलबहादुर सोडारी
१३) मनाकुमारी साउद
१४) माया भट्ट
१५) लालबहादुर खड्का
१६) सुशीला बुढाथोकी
१७) हर्कबहादुर कुँवर

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ४ : ०५ बजे