पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत लिने हुनुभएको छ ।
उहाँले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ ।
प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ गते गुरुङ मुख्यमन्त्रीमा नियुक्त ह्न्भएको थियो । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री गुरुङले प्रदेशसभामा विश्वासको मत लिन लाग्नुभएको हो ।
प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार २ : १७ बजे
प्रतिक्रिया