दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत  : पार्टीको निर्देशन माधव पक्षद्वारा उलंघन, काग्रेंस मतदानमै सहभागी भएन 

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज प्रदेशसभामा भएको मतदानमा एमालेको माधव नेपाल पक्षले समर्थन गरेसँगै भट्टको सरकार जोगिएको छ ।

मतदानमा सरकारको पक्षमा ३० मत र विपक्षमा ९ भोट खसेको छ । एमालेको ओली पक्षका ७ जना र जनता समाजवादी पार्टीका दुईजनाले सरकारको विपक्षमा भोट हाले भने कांग्रेसका १२ सांसदले मतदानमा भाग लिएनन् । बैठकमा ५१ जना सांसद उपस्थित हुनुुहन्थ्यो ।  उनीहरूमध्ये १२ काग्रेंसका सांसद मतदानमा सहभागी नभएका हुन् ।
सुदूरपश्चिम सरकारलाई समर्थन नगर्न एमाले केन्द्रले  र प्रदेशले ह्इिप नै जारी गरे पनि माधव नेपाल पक्षले भट्टलाई साथ दिएर बहुमत जुटाइदिएको हो । 

 

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  १२ : ४२ बजे