‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

थप २ हजार ३६५ जनामा कोरोनाको सङ्क्रमण, ५ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २ हजार ३६५  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा २५२ जना संक्रमित निको भएका छन्। हालसम्म २ लाख ७६ हजार ३४५ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

नेपालमा आज अपरान्हसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६९० जना रहेको छ ।  कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको  मृत्यु भएको छ भने हालसम्म कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १७ पुगेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ५ : ०२ बजे