दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बौद्धस्थित नयाँ बस्तीमा बोरामा शव फेला

काठमाडौं । काठमाडौंको बौद्ध नयाँबस्तीमा बोरामा एकजनाको  शव फेला परेको छ । बोरामा राखेर जलाएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले बताएको छ । 

पोको बनाएर फालेको अवस्थामा शव फेला परेको सूचनापछी आफू घटनास्थल गएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले  बताए । शव कसको हो खुलेको छैन । अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गरिने उहाँको भनाइ छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ९ : ३० बजे