दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज  प्रदेशसभामा विश्वासको मत लिँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिने प्रस्ताव राख्दैछन्।

आज बिहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने छन्। मुख्यमन्त्री भट्टले संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिन आइतबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए। उक्त प्रस्तावको विरूद्ध मतदान गर्न नेकपा एमालेले निर्देशन जारी गरेको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ह्वीप जारी गर्न पार्टी संसदीय दललाई निर्देशनसमेत दिएको छ।

सुदूरपश्चिममा हाल नेकपा एमाले र नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ। ५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन्।

विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत चाहिन्छ । एमालेका २४ मध्ये ९ जना प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा छन् भने बाँकी माधवकुमार नेपाल पक्षमा छन्। नेपाल पक्षका सांसदले फ्लोर क्रस गरी मत दिएमा भट्टले विश्वासको मत जुटाउन सक्छन्।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ८ : १० बजे