एमालेको जागरणसभामा जे देखियो…

विश्वकप छनोटमा नेपाल जोर्डनसँग पराजित, अन्तिम खेल शुक्रबार खेल्र्दै

काठमाडौं । विश्वकप फुटबल २०२२ को छनोट खेलमा जोर्डनले नेपाललाई पराजित गरेको छ। कुवेतमा छनोट अन्तगर्तको आफ्नो सातौं खेलमा नेपालले जोर्डनसँग ३–० को अन्तरले हार बेहोरेको हो । जोर्डनले नेपालमाथि जितसँगै समूह बी को दोस्रो स्थानमा उक्लेको छ । उसले छ खेलबाट १३ अङ्क जोडेको छ । कुवेतले समान छ खेलबाट मात्र १० अङ्क जोडेको हो । जोर्डनको छनोट खेलमा लगातार यो चौथो जित हो ।
कुवेतस्थित अल जबार अन्तर्राष्ट्रिय रङशालामा सम्पन्न खेलमा जोर्डनले तीन वटै गोल फ्रि किक र पेनाल्टी मार्फत् नै सम्भब बनायो ।
पहिलो हाफको सुरु देखि नै जोर्डनले आक्रामक खेल पस्केको थियो । तर २३ औं मिनेटमा मात्रै उसले गोलको खाता खोल्न सक्यो । डिफेन्डर रोहित चन्दले पेनाल्टी क्षेत्रभित्र सुलेमानलाई लडाउन पुग्दा जोर्डनले पेनाल्टीको अबसर पायो । बाहा फैसल सेफले पेनाल्टीलाई गोलमा परिणत गरेर जोर्डनलाई १–० को अग्रता दिलाउनुभयो । गोलकिपर किरण चेम्जोङले पेनाल्टी प्रहार रोक्न दायाँ तिर ‘डाइभ’ लगाउँदा बल गोलपोष्ट चुमिसकेको थियो । बाहा फैसलले जोर्डनका लागि आफ्नो २८ औं खेलमा ११ गोल पुरा गर्नुभयो ।
खेलको २९ औं मिनेटमा डिफेन्डर बिकास खवास घाईते भएर मैदानबाट बाहिरिँदा सुनिल बल मैदानमा प्रबेश गर्नुभयो । ३५ औं मिनेटमा सुनिल बलले पेनाल्टी क्षेत्रभित्र दिएको बललाई अञ्जन विष्टले भेटन नसक्दा नेपालले गोल गर्ने अबसरबाट बञ्चित हुन पुग्यो ।
पहिलो हाफसम्म १–० को अग्रता बनाएको जोर्डनले दोस्रो हाफको सुरुवातमै गोल थप्दै २–० को अग्रता लियो । ६७ औं मिनेटमा एजान अल अरबले गोल गर्दै जोर्डनको अग्रता ३–० पार्नुभयो । उक्त गोल नै जोर्डनको नेपालमाथि जितका लागि पर्याप्त भयो ।
नेपालले छनोटको आफ्नो अन्तिम खेलमा अष्ट्रेलियाको सामना गर्नेछ । अष्ट्रेलिया र नेपालबीचको खेल जुन ११ मा हुनेछ । उक्त खेलपछि कुवेत र जोर्डनबीच स्पर्धा हुनेछ । कुवेत र जोर्डनबीचको उक्त खेल विश्वकपका लागि छनोट हुने टोलिको समीकरण पुरा गर्नेछ । नेपालले अन्तिम खेल शुक्रबार खेल्र्दैछ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ७ : ०२ बजे